योगाभ्यास र योगबारे जनचेतना जोगाउन सरकारले आज सातौँ राष्ट्रिय योग दिवस मनाउँदैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले ‘सर्वाङ्गीण विकासका लागि योग’ भन्ने नाराका साथ यसवर्ष योगाभ्यास र योगबारे जनचेतना जगाउन दिवस मनाउने भएको हो। विभागका निमित्त महानिर्देशक डा. श्यामबाबु यादवका अनुसार कोरोना महामारीलाई मध्यनजर गर्दै यसवर्ष भने भर्चुअल रुपमा दिवस मनाइनेछ।…