सरकारले उपत्यकामा बुधबारबाट १२ देखि १७ वर्षको उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको मोडर्ना खोपको पहिलो मात्रा लगाउने अभियान सुरु गरेको छ। सरकारले कोभिड खोप अभियान ४ पुसदेखि सुरु गरेको हो। यो अभियान १४ पुससम्म चल्नेछ भने खोपको दोस्रो मात्राको अभियान २ देखि १२ माघसम्म चल्नेछ। सरकारले यस खोपलाई पूर्णरूपमा सुरक्षित भएको बताउँदै खोपलाई निर्धक्क भएर लगाउन…