काठमाडौँ महानगरपालिकाले आफ्नो २७ औँ महानगर दिवसमा ज्येष्ठ नागरिकलाई निःशुल्क निमोनियाको खोप लगाउने भएको छ। समारोहका संयोजक कामपाका प्रमुख विद्यासुन्दर शाक्यका अनुसार समारोहमा ज्येष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोप तथा स्वास्थ्य शिविर, विशेष सरसफाइ, खेलकुद र सांस्कृतिक कार्यक्रमसहित मङ्सिर २७, २८ र २९ गते महानगर दिवस मनाउन लागिएको हो। सो अवसरमा ४० वटा बुथबाट सर्वेक्षण गरिनेछ।…