त्रियुगा नगरपालिका उपप्रमुख देवीकुमारी चौधरीले मुलुक परिवर्तनका लागि ज्यान गुमाएका सहिदलाई सम्मान गर्नसके मात्र लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सफल हुने बताएकी छन्। त्रियुगा नपा ११ का सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका १५ परिवारलाई सम्मान गर्दै उपप्रमुख चौधरीले जनतासँग उपमेयर कार्यक्रमबाट द्वन्द्वपीडित तथा एकल महिलालाई केही सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन्। वडाध्यक्ष विश्वराज भट्टराईले जनक्रान्तिबाट मात्र मुलुक…