दलानमा बोराको धागो निकाल्दै गरेकी उनको अनुहार चाउरी परको छ। मुखमा दाँत छैन। जोडले बोल्दा मात्र सुन्ने । आँखा पनि राम्रो नदेख्ने । कमलामाई नगपालिका १० जाहानटोलकी १०७ वर्षीया कुमारी सुनुवार (कली) हेर्दा कमजोर देखिए पनि उनको काम गर्ने शक्ति र जाँगर भने कम भएको छैन। घरको दलानमा बसेर दिनभर बोराको धागो निकाली नाम्लो र…