भक्तपुर । भक्तपुरको पाँचतले मन्दिर परिसर र मध्यपुरथिमिको ऐतिहासिक मठ मन्दिर एवं चोकमा बुधबार साँझ झलमल्ल थियाे । मन्दिर र पाटीमा दाफा भजनले चकमन्न रातलाई निकै गुञ्जयामान बनाएको थियाे । बुधबार कात्तिक शुक्ल पूर्णिमा अर्थात् नेवार समुदायले मान्दै आएको ‘सकिमना पुन्ही’ को दिन विभिन्न मन्दिर एवं पाटी अगाडि धान, मकै, भटमास, भुटेका गेडागुडीलगायत विभिन्न अन्नबाट…