प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी परिषर तनावग्रस्त बनेको छ। पीडितका आफन्तसहित ठूलो संख्याको भीडले प्रहरीमाथि आक्रमण थालेपछि दोहोरो झडपसमेत भएको छ। ढुङ्गामुढा पश्चात प्रहरीले प्रदर्शनकारीलाई लखेट्न आधा दर्जन बढी अश्रुग्याससमेत प्रहार गरेको छ। झडपमा प्रहरीसहित एक दर्जन बढी घाइते भएका छन्। प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध पारेका छन्। उनीहरुले प्रहरीले सुनियोजितरुपले…