महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)का प्रवक्ता एसपी सुशीलसिंह राठौरले चाडपर्व लक्षित सुरक्षा व्यवस्था चुस्त बनाएको बताएका छन् । काठमाडौंमा आयोजित ‘बजार अनुमगन र शान्ति सुरक्षाको अवस्था’ विषयक अन्तर्क्रियामा एसपी राठौरले चाडपर्व नजिकिँदै जाँदा आर्थिक अपराध, मादक पदार्थ सेवन, लागूऔषधको प्रयोग, ट्राफिक नियमको उल्लंघन, कालाबजारीजस्ता अपराधिक घटना बढ्नसक्ने भएकाले त्यस्ता अपराधिक घटना न्यूनीकरण गर्न सुरक्षा व्यवस्था…