मेचीनगर नगरपालिका–१ का लालबहादुर मोक्तान फूल खेल्न थालेको धानबाली हेरेर मख्ख थिए ।शुक्रबार दिनभर खेतमा फस्टाएको धान हेरेर खुसी हुँदै घर फर्किएको उनले वर्ष दिन खान पुग्ने धान फल्ने अनुमान गरे । उनको खुसी भारतीय जङ्गली हात्तीले एक दिन पनि टिक्न दिएन । शुक्रबार राति १० कठ्ठा जमिनको धान हात्तीले खाएर र माडेर सखाप पारिदियो…