नेकपा एमालेका सांसदद्वय सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जान पाऊँ भन्दै दायर रिटलाई न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले ‘हेर्न नमिल्ने’ भनेको छ। दोस्रो पटक आज सुनुवाइका लागि रिटको पेसी भट्टराईको इजलासमा तोकिएको थियो। स्वार्थ बाझिने रिटको सुनुवाइ न्यायाधीशले गर्न मिल्दैन। सोहीअनुसार न्यायाधीश भट्टराईको इजलासमा सुनुवाइ भएन। २३ भदौमा निर्वाचन आयोगविरुद्ध सांसदद्वय…