आठ करोड ८९ लाख ८० हजार बराबरको दुई केजी ९६६ ग्राम लागूऔषध कोकिनसहित तीन जना विदेशी नागरिक पक्राउ परेका छन् । कोकिनको कारोबारमा संलग्न रहेको अभियोगमा दक्षिण अफ्रिका, भारत र ताञ्जानियाका नागरिकलाई पक्राउ गरिएको तथा जिल्ला अदालत काठमाडौँबाट हिरासतमा राख्ने अनुमति लिएर थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्यूराले आज जनाएको छ । कतार एयरको…