काठमाडौं उपत्यकामा आज ५७२ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ४३६, भक्तपुरमा ४७ र ललितपुरमा १८९ जना संक्रमित थपिएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५९७ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ लाख ९६ हजार १३२ पुगेको छ। नेपालमा आज २ हजार ८९२ जना कोरोना संक्रमित थपिएका छन्।…