नक्कली सेनिटाइजर उत्पादन गरी विक्रि वितरण गर्ने एक कारखानामा प्रहरीले छापा मारेको छ। अवैधानिक रुपमा चलाइरहेको र स्वास्थ्यको मापदण्ड विपरित उत्पादन गरिएको नक्कली सेनिटाइजर उत्पादन गरी विक्रि वितरण गर्ने ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ४ इमाडोल, शितल हाईटमा रहेको कारखानामा प्रहरीले छापा मारेको हो। महानगरीय अपराध महाशाखाको टोलीले कारखाना सञ्चालक आशिष प्याकुरेललाई नियन्त्रणमा लिएको छ। …