भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा आइतबारदेखि दुई दिनका लागि आवागमन बन्द गरिएको छ। उत्तर प्रदेशका विभिन्न जिल्लामा सोमबार हुन लागेको स्थानीय पञ्चायतको निर्वाचनलाई लक्षित गरी आइतबार अपराह्न ४ बजेदेखि मङ्गलबार दिनभरि सीमा नाका बन्द हुने सूचना आएको त्रिनगर प्रहरी चौकी कैलालीका प्रमुख प्रहरी सहायक निरीक्षक समुन्द्र पन्तले जानकारी दिए। स्वास्थ्य…