महेश्वरी समाज तथा महेश्वरी युवा मञ्चले रक्तदान कार्यक्रम आयोजना गरेको छ। शनिबार नक्सालस्थित महेश्वरी भवनमा २६ औं रक्तदान कार्यक्रम आयोजना गरेको हो । महेश्वरी समाजले आफ्नो बार्षिक उत्सवको अवसरमा प्रत्येक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको छ। कार्यक्रममा ६५ जना रक्तदाताहरुले रक्तदान गरेका थिए। महेश्वरी समाजले विभिन्न समाज सेवामा आफ्नो कार्यहरु गर्दै आएको छ ।…