नेपाली कांग्रेसका नेता गगन थापाले अन्तर्राष्ट्रिय साहसी महिला अवार्डबाट सम्मानित मुस्कान खातुनलाई बधाई दिएका छन् । उनले मुस्कान एक योद्धा र प्रेरणाकी स्राेत बताएका छन् । आइतवार उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आफ्ना दुई छोरीहरूलाई मुस्कानको तस्वीर देखाउँदै मुस्कान योद्धा भएको बताएकाे जानकारी दिए । उनले भनेका छन्, 'आफ्नो जीवनमा परेको जस्तो पीडा अरूले भोग्न नपरोस्…