राष्ट्रपति विद्यादेवी भण्डारीले विसं ०७५ को हेमबहादुर मल्ल सम्मान वरिष्ठ छातीरोग विशेषज्ञ डा गौरीशङ्करलाल दासलाई प्रदान गरेकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक समारोहमा उनले चिकित्सा र सामाजिक सेवामा गरेको अतुलनीय योगदानको कदर गर्दै ९६ वर्षीय डा दासलाई सम्मानपत्रसहित दुई लाख राशिको उक्त पुरस्कार प्रदान गरिन् । नेपाल जनप्रशासन सङ्घसँगको समन्वयमा आफ्ना…