काठमाडौं ।कोभिड १९ सङ्कट व्यवस्थापन समिति (सिसिएमसी) बाट हरेक दिनजसो नेपाली सेनाको कोभिड डेस्कमा सङ्क्रमित व्यक्तिको मृत्यु भएको खबर आइरहन्छ । मृत्युको खबर आउनासाथ नेपाली सेनाको उपत्यका पृतनाले तालीमप्राप्त सैनिक टोलीलाई तम्तयार हुन निर्देशन दिन्छ । कमाण्डरको साथमा निर्देशनप्राप्त टोली विलम्ब नगरी शव लिन हतारहतार अस्पताल पुग्छ । टोलीमा मोर्चा सम्हाल्ने मध्ये उपत्यकामा दुईवटा महिला…