काठमाडौं । बाढी–पहिरोमा परेर घाइते भएकाहरुका लागि चलचित्र पत्रकार संघ नेपालद्वारा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार संघले सामाजिक दूरी र सुरक्षाको मापदण्ड अपनाउँदै रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा ४१ प्वाइन्ट रगत संकलन भएको संघका महासचिव समीर बलामीले जानकारी दिए ।करिब १ सय जनाको उपस्थितिमा सम्पन्न रक्तदानमा चलचित्र विकास बोर्डका अध्यक्ष…