काठमाडौं । नेपाली हिन्दू धर्मावलम्बीहरूले बडादसैंको नवौं दिन ‘महानवमी’ को अवसरमा देवी दुर्गाको नवौं स्वरूप सिद्धिदात्री देवीको पूजा–आराधना गर्दै कन्या पुजन गरी मनाइरहेका छन् । वेद गुरु रविन्द्र आचार्यका अनुसार महानवमीलाई पूर्णताको प्रतिकका रूपमा लिइन्छ, जहाँ ‘नौ’ अंकलाई पूर्णताको सङ्केत मानिन्छ । नवरात्रभरि गरिएको नवदुर्गा पूजा नवमीका दिन सिद्धिदात्री देवीको आराधनासँग सम्पन्न हुँदै जान्छ ।…