जलेश्वर (महोत्तरी) । बडा दसैँको सप्तमीका दिन माता दुर्गा भवानीको प्रतिमा अनावरण गरिएपछि महोत्तरीसहित सम्पूर्ण मिथिलामा आजदेखि दुर्गा भवानीको प्रतिमा पूजन सुरु भएको छ । महोत्तरीलगायत तराई मधेसको प्रत्येक जिल्ला तथा गाउँठाउँमा दुर्गा प्रतिमा बनाइएको मन्दिरहरुमा अहिले माता दुर्गा भवानीको प्रतिमा पूजनका लागि श्रद्धालु भक्तजनको घुँइचो लागेको छ । आ–आफ्ना गच्छेअनुसार शृङ्गारका सबै वस्तु, लत्ताकपडा,…