घुस लिन पठाएको छोरोलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएपछि महोत्तरीको भंगाहा नगरपालिका-८ का वडा सदस्य कारी साह र वडाध्यक्ष मो रफिक आलम फरार भएका छन्।अख्तियारले वडा सदस्य कारी साहका छोरा मुकेशलाई एक लाख ६० हजार घुससहित रंगेहात पक्राउ गरेको हो । जनकपुरधाम उपमहानगरपालिका-९ पिडारी चोकस्थित राष्ट्रिय वाणिज्य बैंकको गेटबाटै उपभोक्ता समितिका पदाधिकारीसँग घुस…