काठमाडौं । आज नेपालीहरूको महान् पर्व बडादशैंको पाँचौं दिन विशेष उत्साहका साथ देवी स्कन्दमाताको पूजा–आराधना गरिँदै छ । नवरात्रिको पाँचौं दिन आश्विन शुक्ल पञ्चमी, दुर्गा भवानीका नौ रूपहरूमध्ये पाँचौं रूप स्कन्दमातालाई समर्पित छ । बडादशैं असत्य र आसुरी शक्तिमाथि सत्य र दैवी शक्तिको विजयको प्रतीक हो, जसले भक्तजनहरूलाई आध्यात्मिक ऊर्जा र सन्तान सुख प्रदान गर्ने…