केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २३ असोज ।निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनमाथि सोमबार दिउँसो काठमाडौँको नयाँ बानेश्वरमा गोली प्रहार भएको छ ।मोटरसाइकलमा आएका दुई जनाले नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नजिकै ठूलो खरिबोटमा मोटरसाइकल रोकी दुईदेखि तीन सय मिटर पैदल हिँडी गोली चलाएको समाचार स्रोतले जनाएको छ ।गोली लागी घाइते भएका गौचनलाई नजिकैको मिनभवनस्थित सिभिल…