काठमाडौं । भारतको उत्तराखण्डमा काम गर्न गएका धादिङ ज्वालामुखी गाउँपालिका २ का चार जना नेपाली पनि सम्पर्कविहीन भएका छन् । साउन २० गते भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा अचानक आएको बाढी र पहिरोले ठुलो जनधनको क्षति पुर्याएको छ । उनीहरू घटना हुनुभन्दा केही समयअघि परिवारको सम्पर्कमा रहेपनि त्यसपश्चात् सम्पर्कविहीन भएका हुन् । परिवारका सदस्यहरूको…