काठमाडौं । भारतको उत्तराखण्ड राज्यको उत्तरकाशीस्थित हर्षिल नजिकै धारली गाउँमा केही दिनअघि आएको बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक पनि सम्पर्कविहीन भएका छन्। जाजरकोटको कुशे गाउँपालिकाका मात्रै १३ जना सम्पर्कविहीन भएको विज्ञप्तिमार्फत जनाइएको छ । ‘गत साउन २० गते तदअनुरूप (५ अगष्ट २०२५) मा भारतको उत्तराखण्ड राज्य अन्तर्गत उत्तरकाशीको हर्षिल क्षेत्रमा वर्षापछि आएको भीषण…