काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशको राजधनी सुर्खेतमा विभिन्न चोरी तथा अपराधका घटना बढ्न थालेपछि वीरेन्द्रनगर नगरपालिकाको अगुवाइमा ३५० सिसी क्यामेरा जडानको काम सुरु भएको छ । वीरेन्द्रनगर नगरपालिकाले सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिएका क्षेत्रमा सिसी क्यामेरा जडानको प्रक्रिया सुरु गरेसँगै अपराध नियन्त्रण र शान्तिसुरक्षाका क्षेत्रमा प्रहरीलाई काम गर्न सहज हुने भएको छ । बिहीबार नगरपालिकाले नगरका…