काठमाडौं । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले विपद् व्यवस्थापनको लागि सरकारी र गैरसरकारी संयन्त्रहरु सबै एकैठाउँमा आएर काम गरिरहेको बताएका छन् । मंगलबार जिल्ला समन्वय समिति काठमाडौंले आयोजना गरेको विपद् पूर्वतयारी छलफल तथा अन्तरक्रिया कार्यक्रम उनले विपद् व्यवस्थापनको लागि संघीय, सरकार, प्रदेश र स्थानीय सरकारसहित गैरसरकारी संयन्त्रहरुसँग समन्वयन गरेर काम गरिरहेको बताएका हुन्…