काठमाडौं । दुर्लभ हिउँ चितुवाको राष्ट्रिय सङ्ख्या अनुमान सार्वजनिक गरिएको छ । सार्वजनिक तथ्याङ्कअनुसार नेपालमा हिउँ चितुवाको सङ्ख्या ३९७ र प्रति १०० वर्ग किलोमिटरमा औसत घनत्व एक दशमलव ५६ रहेको अनुमान गरिएको छ । वन तथा वातावरण मन्त्रालयअन्तगर्तको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भू–संरक्षण विभागको नेतृत्वमा विश्व वन्यजन्तु कोष नेपाललगायत संस्थाको…