काठमाडौं । सेतो मच्छिन्द्रनाथ अर्थात् आर्यावलोकितेश्वरको मुर्तिको रथयात्रा हरेक वर्ष चैत्र शुक्ल अष्टमी चैते दसैँदेखि सुरु हुन्छ । यस वर्ष पनि आजबाट काठमाडौँ उपत्यकामा वर्षा र सहकालका देवता मानिएका सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु गरिएको छ । यो रथयात्रा तीन दिनसम्म चलाउने गरिन्छ । काठमाडौँ उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ ।…