भेरीगङ्गा (सुर्खेत) । कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकालाई हरित नगरको रूपमा विकास गरिँदै लगिएको छ । वीरेन्द्रनगरलाई सुन्दर, सफा र हरियाली सहर बनाउने दीर्घकालीन सोचका साथ हरित नगरको रुपमा विकास गर्न लागिएको हो । नगरपालिकाले यसका लागि ‘एक घर दुई बिरुवा, हामी आफैँ कुरुवा’ कार्यक्रम सञ्चालन गरिरहेको छ । यो कार्यक्रमअन्तर्गत वीरेन्द्रनगरभित्र नयाँ घर…