ललितपुर । गत असोज १२ गतेको बाढीले दक्षिण ललितपुरको तीन स्थानीय तहमा ठूलो क्षति पु-यायो । एक सय बढी घर विस्तापित भए । बाढीले क्षति पु-याएको तीन महिना बित्दासमेत सरकारले उपलब्ध गराउने भनेको रु ५० हजार राहत रकममध्येको पहिलो किस्ता रु २५ हजारसमेत पीडितले प्राप्त गरेका छैनन् । ललितपुर महानगरपालिकाको नख्खु करिडोर, महाङकाल गाउँपालिकाको थोत्ने…