काठमाडौँ । यही भदौ ३ गते जनैपूर्णिमाका दिन पवित्र तीर्थस्थल रसुवाको गोसाइँकुण्डमा बर्षेनि लाग्ने मेला सम्पन्न भएको छ । जनैपूर्णिमा पर्वका अवसरमा स्नान र पूजाआरधना गर्न निलाद्री पर्वत पुगेका सबै भक्तजन अहिले आ–आफ्नो गन्तव्यतर्फ फर्किएका छन् । हिमाली जिल्लाका साथै पश्चिम कैलालीदेखि नुवाकोट, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, नवलपरासी, अर्घाखाँची, कास्की, चितवन, महोत्तरीलगायत…