कञ्चनपुर । वर्षात्को पानीको निकास थुनिँदा शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुर बजार जलमग्न हुँदै आएको छ । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको बजारको पानीको निकास स्थानीय बासिन्दाले थुनेर पक्की घर निर्माण गरेका छन् । दुई वर्षदेखि थोरै वर्षामा पनि बजार जलमग्न हुन थालेको छ । पानीको निकासका लागि राखिएको ह्युमपाइप थुनेर घर निर्माण गरिएपछि बजार क्षेत्र जलमग्न हुँदै…