काठमाडौं । युरोपेली च्याम्पियन्स लिगमा टर्कीको क्लब गालातासारेले नेदरल्यान्ड्सको आयाक्सलाई उसैको मैदानमा ३–० गोलअन्तरले पराजित गरेको छ। गालातासारेका स्ट्राइकर भिक्टर ओसिम्हेनले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक पूरा गरे। पहिलो हाफमा दुवै टोलीले कुनै गोल गर्न सकेनन् तर दाेस्राे हाफमा गालातासारेका लागि सबै तीन गोल नाइजेरियाली स्ट्राइकर ओसिम्हेनले गरे। उनले ५९औं मिनेटमा हेडमार्फत पहिलो गोल गरे। त्यसपछि…