काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी आइतबार अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनविरुद्ध मैदान उत्रँदा १० वर्षअघिको पीडादायी सम्झनालाई सुखद अन्त्यमा बदल्ने अवसरको खोजीमा हुनेछन् । मेस्सीका लागि यो फाइनल केवल विश्व फुटबलको सबैभन्दा ठूलो उपाधिको प्रतिस्पर्धा मात्र होइन, सन् २०१६ को कोपा अमेरिका सेन्टेनारियोको फाइनलमा चिलीसँग पेनाल्टी सुटआउटमा…