काठमाडौं । साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल बंगलादेशसँग २-१ गोल अन्तरले पराजित भएको छ। बुधबार भएको रोमाञ्चक खेलमा अन्तिम समय सम्हालिन नसक्दा नेपाली टोली प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिन पुगेको हो। खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा नेपालले हार बेहोर्नुपर्यो। खेलको २२औं मिनेटमा नेपालका लागि गिता रानाले गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाएकी थिइन्। तर, पहिलो हाफको…