काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृृङ्खलाअन्तर्गत पपुवा न्यूगिनीविरुद्धको उपाधि भिडन्तमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ । हङकङको मोङ कोकस्थित मिसन रोड क्रिकेट मैदानमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको नेपालका लागि तीव्र गतिका बलर आकाश चन्दले २ विकेट लिएका छन् । दोसं्रो ओभरको चौथो बलमा कप्तान आसाद भालालाई २ रनमा आउट गरेका उनले चौथो…