अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल स्पोटर्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि (एनएसइएम) बीच नेपाल सुपर लिग (एनएसएल) आयोजनाका लागि आठ वर्षको सम्झौता भएको छ । मंगलबार सोल्टी होटलमा भएको सम्झौतासँगै एनएसइएमले एन्फालाई सत्र करोड एक्काइस लाख उपलब्ध गराउने छ । सम्झौतासँगै पहिलो सिजनको लागि एन्फाले एक करोड पचास लाख प्राप्त गरिसकेको छ । सम्झौतामा…