काठमाडाैं । एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो रोमाञ्चक खेलमा भारतले दक्षिण अफ्रिकालाई १७ रनले पराजित गरेको छ। यो जितसँगै भारतले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ। विराट कोहलीको सानदार शतकको मद्दतले भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३४९ रनको विशाल योगफल तयार पारेको थियो। कोहलीले १२० बलमा १३५ रन प्रहार गरेका थिए ।…