काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले काठमाडौं गोर्खाजविरुद्ध ब्याटिङ गर्ने भएको छ । टीयु अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा कर्णालीका सोमपाल कामीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् । चारवटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटामात्र जितेको छ । दुई अङ्कका साथ कर्णाली छैटौँ स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई…