नेपाल पुलिस क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलको फाइनलमा पुगेको छ । मंगलबार स्याङ्जाको वालिङमा भएको सेमिफाइनलमा प्रदेश एकलाई ३-० गोलले पराजित गर्दै पुलिसले फाइनलमा स्थान पक्का गरेको हो । पुलिसको जितमा रेखा पौडेल, निर्मला विक र निर्मला उपाध्यायले एक एक गोल गरे । खेलको १३औं मिनेटमा रेखाले गरेको गोलसँगै पुलिसले अग्रता लियो ।…