वेस्ट इन्डिजलाई ५९ रनले पराजित गर्दै भ्रमणकारी टोली भारतले पाँच खेलको शृंखला एक खेल अघिनै ३-१ ले जितेको छ । अन्तिम खेल आज नै हुनेछ । १९२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १९.१ ओभरमा मात्र एक सय ३२ रनमा सीमित भयो । वेस्ट इन्डिजका लागि निकोलास पुरन र रोभमन पावेलले समान २४ रनको योगदान गरे…