गोरखा,चुमनुब्री गाउँपालिका–१ सामागाउँमा पर्ने मनास्लु हिमाल आरोहण गर्न गएकी एक विदेशी पर्यटकको शनिबार मृत्यु भएको छ । हिमाल आरोहण गर्ने क्रममा पोल्याण्डकी ५० वर्षीया रिता डोनेटा ब्लाड्यको लेक लागेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिनुभयो ।आरोहणका क्रममा ब्लाड्य तेस्रो शिविरसम्म पुगेकी थिइन् । ‘सेभेन समिट ट्रेक्स प्रालि’मार्फत मनास्लु आरोहणका लागि त्यहाँ पुगेकी…