भारतका १८ वटा राज्यबाट सङ्कलित नमुनाको परीक्षण गर्दा 'डबल म्युटेन्ट' अर्थात् उही भाइरसमा एकसाथ दुइटा उत्परिवर्तन हुने कोरोनाभाइरसको नयाँ प्रकार फेला पारिएको अधिकारीहरूले बताएका छन्। दश हजार ७८७ नमुना परीक्षण गरिएकोमा ७३६ जनामा यूके भेरिअन्ट, ३४ जनामा दक्षिण अफ्रिकी र एक जनामा ब्रजिली भेरिअन्ट देखिएको हो। भारतमा पछिल्ला दिनमा कोरोनाभाइरस सङ्क्रमण तीव्र गतिमा फैलिरहेको तथ्याङ्क…