श्रीलङ्कामा आठ लाखले लगाए कोरोनाको खोप

श्रीलङ्कामा अहिलेसम्म कोरोनाभाइरसविरुद्धको खोप आठ लाखभन्दा बढीले लगाएका छन्। स्वास्थ्य अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार फेब्रुअरीको प्रारम्भदेखि अस्ट्राजेनिका खोप लगाउन थालिएको हो। खोप अभियान सुरु गर्दा सबैभन्दा पहिला अग्रपङ्क्तिमा रहेर काम गरेकाहरुलाई खोप लगाउने व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अघिल्लो हप्ताको अन्त्यतिरदेखि ६० वर्षभन्दा बढी उमेरका वृद्धवृद्धालाई खोप लगाउने व्यवस्था गरिएको छ। खोप लगाउने वृद्धवृद्धाको…

Logo