अमेरिकी माथिल्लो सदन सिनेटले पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि लागेको महाभियोग पारित गर्न आवश्यक दुई तिहाइ समर्थन जुटाउनअसफल भएको छ।६ जनावरीमा अमेरिकी संसद् भवनमा भएको हमलालाई ट्रम्पले उक्साएको भन्दै उनीमाथि महाभियोग लगाइएको थियो। महाभियोगको पक्षमा सातजना रिपब्लिकनसहित बहुमत सिनेट सांसद्हरू थिए। तल्लो सदनले उनीविरूद्ध महाभियोग पारित गरिसकेको थियो।मतदानपक्षमा ५७ र विपक्षमा ४३ मत खसेको थियो। सिनेटको मतदानमा…