ब्रासिलिया ।दक्षिणी अमेरिकी मुलुक ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट एक लाख ७३ हजार १२० जनाको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २१ हजार १३८ जना संक्रमित भएका र २८७ जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म ६३ लाख ३५ हजारभन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन् ।कोरोना भाइरसबाट विश्वमै ब्राजिल दोस्रो सर्वाधिक…