हनोई,बेलायतमा ३९ जनाको शव भेटिएको घटनाका बारेमा अनुसन्धान गर्न भियतनामी प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। मारिएका सबै जना भियतनामी नागरिक भएको बेलायती प्रहरीले विश्वास गरिरहेका बेला भियतनामी प्रहरीले घटनासँग सम्बन्धित भएको आशंकामा ती आठ जनालाई पक्राउ गरेको हो।बेलायतको राजधानी लन्डनदेखि पूर्वतिर पर्ने ग्रेज एसेक्स औद्योगिक क्षेत्रमा फ्रिजयुक्त कन्टेनरभित्र ती ३९ शव फेला परेका थिए…