म्याडागास्करको राष्ट्रपतिको चुनावमा उठेका दुबै उम्मेदवारले आआफू विजयी भएको दाबी गरेका छन् । हिन्द महासागरको टापुराष्ट्र म्याडागास्करमा सत्ताका लागि दुबै उम्मेदवारबीच कडा प्रतिस्पर्धा छ ।दोस्रो चरणको यस चुनावमा दुबै उम्मेदवार आन्द्रे राजोलिना र मार्क राभालोमानानाबीच तीव्र प्रतिस्पर्धा छ । चुनावको नतिजा जसको पक्षमा आएपनि चुनावमा धाँधली भएको आरोप लाग्ने सम्भावना छ ।“भोलि अवश्य परिवर्तन आउनेछ,…